Posts

Showing posts with the label Kirat in Eastern Nepal

मन्थरा

Image
घोडचढी काफिलाको ताँत करिब एक किलोमिटर को लर्कोमा फैलिएको थियो।अगाडि को युद्ध सरदारले आफ्ना लडाकुहरौलाइ होसियार भएर अगाडि बढन निर्देशन दियो।बीचबीचमा पर्ने अनेकन भुरेटाकुरे राज्यहरुमा उस्ले आफ्नो आधिपत्य  जमाउदै उ अगाडि बढिरहेको थियो। होआज म त्येही कथा भन्न यहाँ हाजिर भएको भएको छु। जब अन्तिम किराँती राजा श्री गास्ति सोमवङ्शी  राजा निमीश द्वारा हराइए तत्पश्चात उनी आफ्ना बाकी रहेका सेना साथमा लिएर बनेपा पुर्बको पहाडैपहाडकाे बाटो भएर सिन्धुली छिचोल्दै उदयपुर आइपुगे,तब उनले यो ठाँउमा आफ्नो अस्तित्व को बीजारोपण गर्न सकिने संभावना देखे।थाकल को बाक्लो घारी,सालका बडाबडारुखहरु,केही खेतीयोग्य समथर भूगोल,सिकार का निमित्त प्रसस्त जंगली जनावरहरु,मनै लोभ्याउने उत्तरी हिमाली शृङ्खला मनमोहक प्राकृतिकछटाले गास्तीलाई मन्त्र मुग्ध बनाइ दियो।हरेक बस्तु उनका लागि अर्थपूर्ण र महत्वका थिए।चितुवा र बाघको गर्जन,मृगको ताँत र विभिन्न बाँदर प्रजातिका रुख चढ्ने  अनेकन प्राणी जताततै देखिन्थे।उत्तरतर्फको पूर्व देखि पश्चिम् सम्म  फैलिएको महाभारत र हिमालय शृङ्खला,साच्चै नै यो ठाँउ मनमोहक थियो। उदयपुरक...