मन्थरा
घोडचढी काफिलाको ताँत करिब एक किलोमिटर को लर्कोमा फैलिएको थियो।अगाडि को युद्ध सरदारले आफ्ना लडाकुहरौलाइ होसियार भएर अगाडि बढन निर्देशन दियो।बीचबीचमा पर्ने अनेकन भुरेटाकुरे राज्यहरुमा उस्ले आफ्नो आधिपत्य जमाउदै उ अगाडि बढिरहेको थियो। होआज म त्येही कथा भन्न यहाँ हाजिर भएको भएको छु।जब अन्तिम किराँती राजा श्री गास्ति सोमवङ्शी राजा निमीश द्वारा हराइए तत्पश्चात उनी आफ्ना बाकी रहेका सेना साथमा लिएर बनेपा पुर्बको पहाडैपहाडकाे बाटो भएर सिन्धुली छिचोल्दै उदयपुर आइपुगे,तब उनले यो ठाँउमा आफ्नो अस्तित्व को बीजारोपण गर्न सकिने संभावना देखे।थाकल को बाक्लो घारी,सालका बडाबडारुखहरु,केही खेतीयोग्य समथर भूगोल,सिकार का निमित्त प्रसस्त जंगली जनावरहरु,मनै लोभ्याउने उत्तरी हिमाली शृङ्खला मनमोहक प्राकृतिकछटाले गास्तीलाई मन्त्र मुग्ध बनाइ दियो।हरेक बस्तु उनका लागि अर्थपूर्ण र महत्वका थिए।चितुवा र बाघको गर्जन,मृगको ताँत र विभिन्न बाँदर प्रजातिका रुख चढ्ने अनेकन प्राणी जताततै देखिन्थे।उत्तरतर्फको पूर्व देखि पश्चिम् सम्म फैलिएको महाभारत र हिमालय शृङ्खला,साच्चै नै यो ठाँउ मनमोहक थियो।
उदयपुरको बेलखातरीको लालभित्तीदेखीको पश्चिम् फैलिएको अपार जङ्गल त्यो बेला अत्यन्तै ब्यस्थित राज्य थियो।राजा श्री गास्ती आउनु पूर्व यहाँ काविला जातिका मानिस हरु बसोबास गर्दथे।उनिहरु भिल्ल भयेको बिस्वास गरिन्छ।यिनिहरु प्राकृती पूजक थिये र अत्यन्तै परिश्रमी थिए।बेलखातरी देखि खोटाङको बारपोखरी,इन्द्रेणी पोखरी,,चुइचुम्मा,बाक्सिला ओखल्ढुङ्गा आदि ठाँउहरुमा यिनिहरुको बसोबास फैलिएको थियो।बाहिरी परिवेशबाट भिन्न रहने यो काबिला जातीको सस्कार र सामाजिक परिवेश भने अत्यन्तै असल थियो।यिनिहरुविचमा वैमनस्यता थिएन।खोलामा माछा मार्ने,बाँसको को जाक बनाएर मानिसहरुलाइ खोला नदि वारपार गराइदिने,बास माग्दा बास दिने,यो जातिमा दरिद्रता थिएन बरु अरुलाइ सहयोग गर्ने र सोझोपन यिनिहरुको पहिचान थियो।
सानासाना घर,माटाले बनाएको गारो,गेरु माटाेले पोतेको भित्ता,थाकलले छायेको छाना यिनिहरुको बस्ने भौतिक संरचना थियो।
यी भिल्लहरु छोटाकद,सामला वर्ण,गठिलो शरीर,खस्रो कालो कपाल यिनिहरुको शारीरिक पहिचान थियो।यिनिहरु रक्त सम्बन्ध भयेकाहरुसग भने वैवाहिक सम्बन्ध जोडदैनथिए।जब राजा श्री गास्ती उदयपुरको त्यो जङ्गलमा दाखिला भए।उनले आफ्ना सेनालाइ आसपासका ठाँउ तिर अरु के के छ भनी खोजी गर्न लगाए।आफ्ना वेडाविस्तारलाइ थन्क्याएर आफुभने भविस्यको योजना बनाउन केही मन्त्रीहरुलाई साथमा लिएर तत्कालीन त्रीजुगा नदिको किनारमा बसेर गन्थनमन्थन गर्न लागे।घोडाका बथानहरु हिन्हिनाउदै खाली ठाँउका चौरहरुमा चर्न लागे।येस्तो सान्तमय रमणीय राजगर्न लायकको उपयुक्त देश देख्दा राजा श्री गास्ती दङ्ग थिए।
त्यो समय सम्म यो इलाका राज्यको रुपमा थिएन।यो मात्र एउटा बस्ती जस्तो मात्र थियो।यहाँ मात्र एक भील कबिला जस्को नाम एकसम्भ थियो।उनी मात्र त्यो समुदायको नाइके थिए।यस ठाँउ का भिल्लहरु यिनै एकसम्भको सल्लाह र आदेसमा चल्दथे।उनकी एक मात्र छोरीको नाम मन्थरा थियो जो अति सुन्दरी थिइन।उच्च बक्षस्थल,छिनेको कमर,साबित्रीका जस्ता पैताला,सामला ताम्र बर्ण,केही होचो कद,मृग नयनी आँखा,फुर्तिलो चाल र कोइली जस्तो सुरिलो आवाज उनको बाहिरी आकर्षण थियो।जब उ जातीय पहिरनमा सजिदा त उ येस्ती लाग्थी कि भगवानले उस्लाइ निर्माण गर्दा अत्यन्तै मेहनत गरेका थिए होलान।कलकल बग्ने सङ्लो खोलाको तिरमा आफ्ना नितम्ब शिलामा बसाएर शिलाले नै आफ्ना शरीरका अङ्गहरुमा रगडेको देख्दा जो कोहि उस प्रती सजिलै आकर्सित हुन सक्थ्यो।तर एकसम्भको मान र प्रतिस्ठामा आच पुग्नसक्ने डरले कसैले मन्थरा प्रती ठाडाे नजर लगाउन सकेको थिएन।
जसै मन्थरा त्रीजुगा नदिको किनारमा एकलै स्नान गरिरहेकी थिइन त्यो गर्मियामको मध्याह्नको समयमा,तेसैअवस्थामा गास्तीले नुहाइरहेकी मन्थरालाइ देख्न पुगे र अत्यन्तै आकर्सित हुन पुगे।
यद्यपि उनले तत्काल गएर मन्थरालाई आफू उ प्रती आकर्षण भएको आभास दिएनन बरु उ कस्की छोरी हो र उस्को आवास स्थलको कहाँ थियो भनेर जान्न सके।
राजा श्री गास्ती त्येस पस्च्यात आफ्ना मन्त्रीहरुसग भावी योजनाको बारेमा छलफल गर्न थाले।योजना अनुसार उनले त्येस सम्पूर्ण छेत्रमा एउटा समृद्ध राज्य बनाउने बिचार गरे।त्येस छेत्रका काबिलाहरुलाइ एकीकृत गरे र सैन्य तालिम दिए।आफू काठमाडौं बाट सत्ताच्युत भए पछि पून: नेपालको पुर्बी क्षेत्रको राजा भए।
उनले एकसम्भकी छोरी मन्थरासग बिबाह गरे।राज्य येस्तो अवस्थाको वैभवशाली थियो कि त्यहा चोरी,ब्याबिचार समाजमा थिएन।मानिसहरू घर छोडेर महिनौ दिन सम्म घुम्न जान्थे तर घरमा कुनै चोरी हुन्थेन।सबै सम्पन्न थिए ।त्यस बेला खोलाको बालुवा चाल्दा सुन निक्लिन्थ्यो।सुनका डल्ला घर बाहिर त्येतिकै छरपस्ट छरिएका हुन्थे।मनिसहरु आफ्ना भावी पुस्ताले आफ्नो सम्पती प्राप्त गरून् भनेर तामाका गाग्रीमा सुनका सिक्का,मट्टीमाला,मुर्ती,पुली,सुनका फाली,विभिन्न गहनाहरु आदि माटाेमुनि दबाएर राख्दथे।ती कुराहरु आज पनि यो क्षेत्रमा कहिकतै गाडधनको रुपमा पाउने गरेका छन।तर उक्त गाडधन पाउनलाई मानिसले रातीसपनामा देखेको हुनुपर्छ भन्ने आज पनि बिस्वास गरिन्छ।ती मानिसहरु किरातेश्वर महादेवका परमभक्त थिए।
श्री गास्तीले ती वरपर रहेका स्थानहरुलाइ एकीकृत गरि एउटा राज्यको रुप दिए।उनको राजधानी आजको चौदन्डी आसपास रहेको थियो।समय येस्तै बसन्त ऋतुको थियो।चारैतिर हरियाली,तत्कालिन समयमा अनेकन फुलहरु,सुगन्धमय वातावरणले धर्ती सिगारिएको थियो।राजा श्री गास्तीले दरबार बनाउन लगाए।दरबारका वरिपरि शत्रुको हमला बाट बच्नको निमित्त गहिरा -गहिरा खाडल को निर्माण गरि त्येसमा पानी भराएर गोही जस्ता हिंस्रक प्राणी आदि राखे।
राजा श्री गास्तीले आफ्नी पत्नीको रुपमाथी कसैको नजर नपरोस भनेर पुली र मट्टीमाला पहिराएका थिए।मट्टीमालामा एक अलौकिक शक्ति हुन्छ।यो माला लगाएको मानिसलाई कसैले छलगर्न सक्दैन त्येस्तै राजा श्री गास्तीले आफ्नी रानिलाइ कसैले छ्लगर्न नसकोस भनेर यो माला पहिरियाएका थिए।
तर समय सधै एकैनासको रहदैन।अत्यन्तै सुन्दरी भएपनी रानी मन्थराबाट सन्तान भने भएन।राजकूल चलाउनको लागि सन्तान नभै नहुने भएएकोले राजा चिन्तित हुन पुगे।येहि चिन्ताले उनलाइ बिस्तारै गलाउदै लग्यो।येहि चिन्ता लाई हटाउनलाइ उनले अनेक उपचार गराए तरपनी उनी बाट सन्तान भयेनन।बिचरा राजा श्री गास्ती पहिलो पटक काठमाडौं उपत्यकाबाट राजा निमीशबाट सत्ताबाट हटाइनु पर्यो र आज फेरि खम्बुवान क्षेत्रमा राज्यगठन भए पछि सन्तान नहुदा जिवनबाट नै परास्त हुनु पर्यो।किराँती राजा श्री गास्ती यो अर्थमा अभागी रहेछन।नेपाल उपत्यकाकाको त्यो वैभवशाली किरात राज बंशको अवशान हुन पुग्यो।
जवानी मै बिध्वा हुन पुगेकी रानी मन्थरालाई राजा श्री गास्तीले लगाइदिएको मट्टीमालाले सैनिक युद्ध सरदारहरुको नजरलाइ रोक्न सकेन।तिनै मन्थरालाई पाएर राजा बन्ने होडबाजीमा विभिन्न युद्धसरदारहरुले जिवनको आहुती दिए।
किरात राजवंसले परिपक्वता पाएन।पछि पुर्वान्चल को विभिन्न स्थानहरुजस्तैभोजपुर,खोटाङ,सोलु,सिन्धुली,तेह्रथुम,चैनपुर ,सङ्खुवाशभा आदि स्थानहरुमा तिनै युद्धसरदार विभिन्न थर किरातीहरु राजा भै शासन गरे।
समाप्त
Comments
Post a Comment