सामाजिक कक्षा ९ unit 6
१.अक्षांश र देशान्तर अभ्यास (Exercise) i).धेरै छोटो उत्तर आउने प्रश्नः (क) एक-एक बुँदामा भूमध्यरेखा र प्रधानमध्याह्न रेखाको परिभाषाबिच फरक छुट्याउनुहोस्। (ख) एक-एक बुँदामा अक्षांश र देशान्तरको फरकलाई परिभाषित गर्नुहोस् । (ग) देशान्तरको कुनै एउटा प्रभाव उल्लेख गर्नुहोस् । (घ) स्थानीय समय भनेको के हो ? (ङ) एक डिग्री देशान्तर रेखा बराबर कति मिनेटको समय फरक पर्छ । ii) छोटो उत्तर आउने प्रश्न: (क) अक्षांश र देशान्तरबिचको फरकलाई तालिका बनाइ बुँदागत रूपमा सूचीकृत गर्नुहोस्। (ख) स्थानीय समय र प्रमाणिक समयबिच फरक छुट्याउनुहोस् । (ग) तलको जस्तै तालिका बनाएर सङ्क्षिप्त रूपमा जानकारी दिनुहोस् : तथ्य कारण १. अन्तर्राष्ट्रिय तिथिरेखा बाङ्गोटिङ्गो हुन्छ । २. रुस, अमेरिका र क्यानडामा धेरैओटा प्रमाणिक समय निर्धारण गरिएको छ । ३. सुदूरपश्चिमको कञ्चनपुरमा भन्दा इलाममा आधा घण्टा चाँडो सूर्य उदाउँछ । ४. नेपालबाट जापान जाँदा घडी छिटो बनाउनुपर्छ । दिल्ली जाँदा ढिलो बनाउनुपर्छ । iii). प्रयोगात्मक प्रश्नः • ८५ डिग्री पूर्व काठमाडौँमा बिहानको १० बज्दा १०५ डिग्री पूर्वमा पर्ने सिङ्गापुरमा कति बज्छ ? हिसाब गरेर देख...