परिवारमा नारीको भूमिका
परिवारमा नारीको भूमिका विशेष रूपमा पुत्री, पत्नी तथा माताको रूपमा हुन्छ। यी तीन रूपमा पनि परिवारमा पत्नी का स्थान सर्वोपरि हुन्छ।भारतिय नारीबादि साहित्यकार पद्म भूषण पुरस्कार बाट सम्मानित महादेवी वर्माका शब्दहरुमा नारी केवल मांस पिंड को संज्ञा होइन, आदिम कालदेखि आज सम्म विकास पथमा पुरुषलाई साथ दिएर उसको यात्रा लाई सरल बनाएर, उसका अभिशापहरुलाइ स्वयं झेलेर र आफ्नो वरदानहरुले जीवनमा अक्षय शक्ति भरेर मानव बाट जुन व्यक्तित्व, चेतना र हृदय को विकास गरेको छ , उसैको पर्याय नारी हो।" ' माता को रूप मा ऊ ममतामयी बनेर संतानको लागि अखंड सुख-ऐश्वर्य को कामना गर्दछे। छोरीको महत्त्व त स्वयमेव निर्धारित छ, किनकि पत्नी र माता येसैको विकसित रूप हो।
पत्नी परिवारको आधार हो, उसको जीवन-प्राण हो। पत्नी गृहस्थी को मूल हि। गृहस्थी को आत्मा हो। ऋग्वेदको अनुसार त पत्नी नै घर-परिवार हो। परिवारमा पत्नीको महत्व सिद्ध गर्दै महाभारत मा लेखिएको छ - "घर-घर हैन, गृहिणी नै साँचो घर हुन्,उन बिना महल पनि सुनसान बनजङ्गल हुन्।"
अर्कोतर्फ, मानिस यस धराधाममा जन्मसगै ऋषि, देवता र पितृ प्रति ऋणी हुन्छ। पत्नी यज्ञमा सँगै बसेर आफ्नो पतिलाई देवताको ऋणबाट मुक्त गर्छिन् र छोरालाई जन्म दिएर पितृको ऋणबाट मुक्त गर्छिन्।
नेपाली नारीले परिवारिकरूपमा यसकारणले महत्व पाउँछिन् किनभने उनका धेरै नातेदारहरू सगै जोडीएकी हुन्छिन्। अरु शब्दहरूमा, 'उ सासू हुन्छे, बुहारी हुन्छे , कसै की छोरी हुन्छे,कसै कि बहिनी, जेठी बुहारी, त कसै कि भाउजू त अरू धेरै नाता सग जोडीएकी हुन्छे। यी सबैका साथ उ एक श्रीमती पनि हुन्छे जो यी सबै सम्बन्धहरूलाई विनम्रताका साथ कायम राख्न सक्षम हुन्छे र उसैको नेपाली परिवारमा महत्व हुन्छ।
वाल्मीकि रामायणमा परिवारमा नारी को भूमिका माथी एक महत्त्वपूर्ण श्लोक छ-कार्येषु मन्त्री, करणेषु दासी, भोज्येषु माता, रमणेषु रम्भा ।
धर्मानुकूला, क्षमया धरित्री, भार्या च षड्गुण्यवतीह दुर्लभा ॥
काम-काजमा मंत्री को समान सल्लाह दिने, सेवाकार्यमा दासी को समान कार्य गर्ने , आमाको समान सुन्दर भोजन खुवाउने, शयनको समय रम्भा (अप्सरा ) को झै समान आनन्द दिने र धर्मको अनुकूल तथा क्षमाशील गुण धारणमा पृथ्वीको समान स्थिर रहन सक्ने, यस्ता छगुणहरुले युक्त पत्नी दुर्लभ हुन्छन् ।
पत्नी परिवार को स्वामिनी हो। परिवार को श्री-समृद्धि को धुरी हो। वंश-वृद्धि को जग हो।
नारी बिना पुरुषको जीवन अपूरो हुन्छ।
। परिवारको खुसीको निमित्त चारैदिशाको हेरचाह गर्नु उसको दायित्व हो । पतिपरायणता उसको कर्तव्य हो।
पत्नी स्नेह र सौजन्य की देवी हो, उसले नरपशुलाइ मनुष्य बनाउछे। मधुर वाणीले पारिवारिक जीवन लाई अमृतमय बनाउछे। उसका नयनहरुमा पारिवारिक आनन्दको दर्शन हुन्छ। उ संतप्त पारिवारिक- हृदय को लागि शीतल छाया हो। उसको हासोमा परिवारमा छाएको निराशालाइ मेटाउने अपूर्व शक्ति हुन्छ।
-
पृथ्वी झै सहिष्णुता, समुद्र झै गम्भीरता, हिमाल झौ शीतलता, फुल झै कोमलता-नम्रता, गंगा झै पवित्रता, वीणा झै मधुरता, गौमाता झै साधुता, हिमाल झै उच्चता तथा आकाश झै विशालता आदि सौम्य गुणहरु द्वारा आमा झै पारिवारिकता, अखण्डतालाइ स्थिर राखि, श्री सम्पत्तिको वृद्धि गर्दछे।
आमा बच्चाहरुलाइ जन्म दिएर परिवार को पितृ ऋणबाट मुक्त गर्दछिन। उ तन-मन- धन बाट एकाग्रचित्त, आत्मविस्मृत भै शैशव अवस्थामा सन्तानकोको सेवा-शुश्रुषा गर्दछिन। बाल्यकालमा संतानको शिक्षा-दीक्षा को पूर्ति को लागि सधै चिन्तित रहन्छिन। आफ्नो पेट काटर पनि संतान को ज्ञान-वृद्धि गर्न चाहान्छिन। समयमा भोजन एवं स्वच्छ कपड़ाको प्रबन्ध तथा पाठ्य- वातावरण उत्पन्न गरेर सन्तानलाइ ज्ञानवान् बनाउनमा सहायक बन्दछिन।
यौवन अवस्थामा आएपछि आफ्ना संतानलाइ गृहस्थ धर्म मा प्रवेश गराउदछिन। विवाहको आयोजना गरेर स्वयं 'सासु' को उपाधि ले अलंकृत हुन्छिन। अब उनले पुत्रवधूलाइ परिवार को संस्कार प्रदान गर्नु आफ्नो कर्तव्य सम्झिन्छिन।
परिवारमा छोरीको भूमिका कालान्तरमा पत्नी र आमा कै पृष्ठभूमि हो। अतः छोरीको भूमिका आदर्श पत्नी, कुशल गृहिणी तथा उत्कृष्ट मातृत्वगुणहरुको शिक्षणकाल हो। उसले परिवारमा रहेर दया, ममता, सेवा, धैर्य, सहानुभूति तथा विनयका सौम्य गुणहरु सिक्दछे। शिक्षा-अर्जन गरेर ज्ञानवर्द्धन गर्दछे। बुद्धिको विकास गर्दछे। जीवन र जगतका लागि व्यावहारिक सिद्धांतहरु, मान्यताहरु तथा भावनाहरुको प्रयोग गर्दछे।
छोरी परिवार मा रहेर आमा को भूमिका, पिता को व्यवहार, भाई-बहिनीहरुको आचरणलाइ खुल्ला आँखाहरुले देख्दछे। उसले आफ्नो बुद्धि अनुसार उसका विवेचना गर्दछिन। सत्-व्यबहारलाइ उतार्दछे, दुष्कर्मबाट हुने हानिबाट सचेत रहनको लागि शिक्षा ग्रहण गर्दछे।
नारी बिनाको परिवारको कल्पना भ्रम हो। नारीको कोमल गुण बिना, परिवारमा शान्ति र खुशी असम्भव छ। जब नारीले आफ्नो कर्तव्यलाई बेवास्ता गर्छे, यसले परिवारमा नोक्सान र पतन निम्त्याउँछ। नारीले गर्ने अमंगलमा परिवारको विनाश र दशा लुकेको हुन्छ। नारीलाइ पीड़ा दिइयो भने परिवारको ध्वंस हुन्छ। परिवारमा नारीको एक महत्त्वपूर्ण भूमिकालाइ स्वीकारदै महिर्शि मनुले बताएका छन - 'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता।' अतः परिवारको कल्याण नारीको सम्मानमा निहित छ।
Comments
Post a Comment