कक्षा ९ को सामाजिक को वार्सिक प्रश्नावली
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
निर्देशन :
सबै प्रश्नहरूको उत्तर दिनुहोस्।
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
निर्देशन :
सबै प्रश्नहरूको उत्तर दिनुहोस्।
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(प्रत्येक प्रश्नको उत्तर एक वाक्यमा लेख्नुहोस्।)
१. आधुनिक समाजको कुनै एक विशेषता लेख्नुहोस्।
२. विकास र विद्युत्को सम्बन्ध कस्तो हुन्छ ? आफ्नो विचार एक वाक्यमा लेख्नुहोस्।
३. सामाजिक समस्या सिर्जना हुनुका कुनै दुई कारण लेख्नुहोस्।
४. ठ्यासफूले नेपालको इतिहास अध्ययन गर्न कसरी सहयोग गर्छ ?
५. नेपालले निर्यात गर्ने कुनै दुई वस्तुको नाम लेख्नुहोस्।
६. सहभोजले सामाजिक समस्या निराकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ, कसरी ? आफ्नो धारणा एक वाक्यमा प्रस्तुत गर्नुहोस्।
७. जनरल जिलेस्पी को थिए ?
८. नेपालको कृषिलाई व्यवसायीकरण गर्न के गर्नुपर्ला ? कुनै एउटा सुझाव प्रस्तुत गर्नुहोस्।
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
९. नेपालले कहिले विश्व बैंकको सदस्यता प्राप्त गरेको थियो ?
१०. एसियाली विकास बैंक नेपालका लागि महत्त्वपूर्ण छ, किन ? आफ्नो विचार एक बुँदामा लेख्नुहोस्।
११. औद्योगिक समाजका विशेषताहरूलाई चार बुँदामा विश्लेषण गर्नुहोस्।
१२. तपाईं बसोबास गर्ने ठाउँको जनसंख्या व्यवस्थापनका लागि तपाईंले गर्न सक्ने कुनै एउटा कार्य उल्लेख गर्नुहोस्।
तलका प्रश्नहरूको उत्तर चार बुँदामा दिनुहोस् :
१३. नेपालमा विकासका पूर्वाधार विकास गर्न के–के गर्नुपर्ला ? चार ओटा उपाय उल्लेख गर्नुहोस्।
१४. विद्यालयलाई शान्ति क्षेत्रको रूपमा स्थापना गर्नका लागि कुनै चार ओटा सुझाव प्रस्तुत गर्नुहोस्।
१५. “राष्ट्रिय विभूति नेपालका अमूल्य निधि हुन्।” यस भनाइलाई चार बुँदामा स्पष्ट पार्नुहोस्।
१६. स्काउटले सञ्चालन गर्ने विभिन्न गतिविधिहरूको चार बुँदामा मूल्याङ्कन गर्नुहोस्।
समूह ‘ख’
१७. संविधानको महत्त्व र आवश्यकतालाई चार बुँदामा लेख्नुहोस्।
१८. देशान्तर भनेको के हो ? यसको महत्त्व लेख्नुहोस्।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
१९. संयुक्त राष्ट्रसंघले आफ्नो स्थापनाको उद्देश्यअनुसार कार्य गरेको छ वा छैन ? आफ्नो विचार लेख्नुहोस्।
२०. जनसंख्या व्यवस्थापनका कुनै चार ओटा प्रत्यक्ष उपाय उल्लेख गर्नुहोस्।
समूह ‘ग’
२१. हामीले आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको हनन गर्नु हुँदैन भन्ने कुरालाई उदाहरणसहित स्पष्ट पार्नुहोस्।
नक्सा सम्बन्धी प्रश्न (कुनै एक मात्र गर्नुहोस्) :
२२. (क) पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरू संकेतमा देखाउनुहोस् :
पर्सा राष्ट्रिय निकुञ्ज
स्वयम्भूनाथ
गोरख हिमाल
कफी उत्पादन हुने क्षेत्र
तिनाउ नदी
अथवा
(ख) युरोप महादेशको नक्सा बनाई निम्न तथ्यहरू संकेतमा देखाउनुहोस् :
बिस्केको खाडी
प्रधान मध्यान्ह रेखा
स्कान्डिनेभिया
कृष्ण सागर
जिब्राल्टर जलडमरूमध्य
२३. पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि कसरी विजय प्राप्त गरे ? छोटकरीमा लेख्नुहोस्।
२४. नेपालमा उद्योगको विकासमा देखिएका समस्याहरू र तिनका समाधानका उपायहरू समेटी उद्योग मन्त्रालयलाई लेखिने चिठीको नमुना तयार पार्नुहोस्।
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
निर्देशन :
सबै प्रश्नहरूको उत्तर दिनुहोस्।
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(प्रत्येक प्रश्नको उत्तर एक वाक्यमा लेख्नुहोस्।)
१. प्रारम्भिक समाजको कुनै एउटा विशेषता लेख्नुहोस्।
२. “स्वास्थ्य विकासको एउटा प्रमुख पूर्वाधार हो।” आफ्नो एउटा तर्कद्वारा पुष्टि गर्नुहोस्।
३. सामाजिक समस्या अन्त्य गर्ने एउटा मौलिक अभ्यास लेख्नुहोस्।
४. हेपाइका विरुद्ध जनचेतना जगाउने एउटा प्रभावकारी नारा तयार पार्नुहोस्।
५. गोर्खालीले कीर्तिपुरमाथि कहिले विजय प्राप्त गरे ? पूरा मिति लेख्नुहोस्।
६. सुगौली सन्धि नेपालको हितविपरीत थियो, कसरी ? आफ्नो विचार एक वाक्यमा दिनुहोस्।
७. निशस्त्रीकरण भन्नाले के बुझिन्छ ?
८. परम्परागत कृषि प्रणालीमा प्रयोग गरिने कुनै एउटा कृषि औजारको नाम लेख्नुहोस्।
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
९. स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने एउटा नारा तयार पार्नुहोस्।
१०. समुदाय समाजभन्दा कसरी सानो हुन्छ ? स्पष्ट पार्नुहोस्।
११. मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय संघ–संस्थासँग सम्बन्ध स्थापित गर्दा नेपाललाई कसरी फाइदा भएको छ ? आफ्नो विचार एक वाक्यमा लेख्नुहोस्।
१२. नेपालको ग्रामीण क्षेत्रबाट अन्यत्र बसाइँसराइ रोक्नका लागि एउटा प्रभावकारी सुझाव दिनुहोस्।
१३. नेपालमा सञ्चार क्षेत्रको विकासका लागि गरिनुपर्ने कुनै चार ओटा कार्यहरू लेख्नुहोस्।
समूह ‘ख’
१४. नेपालमा विभिन्न धार्मिक समूहबीचको सम्बन्ध सुमधुर बनाउने उपायहरू समेटी प्रवचन कार्यक्रममा बोल्नका लागि छोटो लेख तयार पार्नुहोस्।
१५. “हाम्रा परम्परागत वास्तुकला हाम्रा धरोहर हुन्।” यस भनाइलाई चार बुँदामा आफ्नो विचार व्यक्त गर्नुहोस्।
१६. सामाजिक सुधारका निम्ति युवावर्गले कस्तो भूमिका निर्वाह गर्न सक्छन् ? स्पष्ट पार्नुहोस्।
१७. छिमेकी देशसँगको सीमा विवाद समाधान गरी राम्रो सम्बन्ध कायम गर्नका लागि कुनै चार ओटा उपायहरू उल्लेख गर्नुहोस्।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
१८. हिउँदमा नेपालको पश्चिम भागमा र ग्रीष्म ऋतुमा पूर्वी भागमा बढी पानी पर्नुका कारणहरू लेख्नुहोस्।
१९. युरोपियन युनियनले नेपाललाई गरेको सहयोगको चर्चा गर्दै आफ्ना साथीलाई एउटा पत्र लेख्नुहोस्।
२०. धार्मिक विश्वासले जनसंख्या परिवर्तनमा कस्तो भूमिका खेल्छ ? स्पष्ट पार्नुहोस्।
समूह ‘ग’
२१. नेपालमा सुशासन कायम गर्न नागरिक र सरकारको भूमिकाबारे विश्लेषण गर्नुहोस्।
नक्सा सम्बन्धी प्रश्न (कुनै एक मात्र गर्नुहोस्) :
२२. (क) पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरू संकेतमा देखाउनुहोस् :
भोटेकोसी नदी
मेची राजमार्ग
अपिनाम्पा संरक्षित क्षेत्र
मान्मा
मुक्तिक्षेत्र
अथवा
(ख) एसिया महादेशको नक्सा बनाई निम्न तथ्यहरू संकेतमा देखाउनुहोस् :
क्यास्पियन सागर
मेकङ नदी
भूमध्यसागरीय हावापानी पाइने क्षेत्र
श्रीलङ्का
माउन्ट केटू
२३. राणा शासनलाई किन पारिवारिक शासन भनिन्छ ? साथै राणा शासन उदय हुनुका कारणहरू छोटकरीमा वर्णन गर्नुहोस्।
२४. नेपालको उद्योग क्षेत्रको विकासमा देखिएका समस्याहरू र तिनका समाधानका उपायहरू समेटी एउटा सम्पादकीयको नमुना तयार पार्नुहोस्।
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
निर्देशन :
सबै प्रश्नहरूको उत्तर दिनुहोस्।
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(प्रत्येक प्रश्नको उत्तर एक वाक्यमा लेख्नुहोस्।)
१. अर्थव्यवस्थाका आधारमा समाजलाई वर्गीकरण गर्नुहोस्।
२. विद्युतीय कुलत (Digital Addiction) भनेको के हो ?
३. विकासका लागि किन जनसहभागिता आवश्यक छ ? एक बुँदामा स्पष्ट पार्नुहोस्।
४. घरेलु उद्योगको कुनै एउटा विशेषता उल्लेख गर्नुहोस्।
५. भक्ति थापालाई साहसी, बहादुर र कर्तव्यनिष्ठ व्यक्ति भनिन्छ, किन ? आफ्नो विचार एक वाक्यमा लेख्नुहोस्।
६. सामाजिक समस्या निराकरणका लागि स्थापित संघ–संस्थाका कार्यहरूलाई अझ प्रभावकारी बनाउन कुनै एउटा सुझाव प्रस्तुत गर्नुहोस्।
७. सुगौली सन्धि भएको पूरा मिति लेख्नुहोस्।
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
८. संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा संलग्न हुँदा नेपाललाई के फाइदा भएको छ ? आफ्नो विचार एक बुँदामा दिनुहोस्।
९. तपाईंको स्थानीय तहमा सञ्चालित योजनाहरूलाई समयमै सम्पन्न गर्न के गर्नुपर्ला ? एउटा सुझाव प्रस्तुत गर्नुहोस्।
१०. कूटनीतिक सम्बन्धलाई एक वाक्यमा परिभाषित गर्नुहोस्।
११. तपाईं नेपालको पहाडी क्षेत्रमा बसोबास गर्नुहुन्छ। तपाईंको छिमेकी तराई क्षेत्रमा बसाइँसराइ गर्न चाहनुहुन्छ। उहाँलाई बसाइँसराइ नगर्नका लागि एउटा सुझाव दिनुहोस्।
१२. आदर्श समाज निर्माणमा व्यक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ, कसरी ? आफ्ना तर्क चार बुँदामा प्रस्तुत गर्नुहोस्।
१३. विकासका लागि यातायातको महत्त्व उल्लेख गर्नुहोस्।
समूह ‘ख’
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
१४. हामीले हाम्रा राष्ट्रिय विभूतिबाट प्राप्त गर्न सकिने प्रेरणा उल्लेख गर्दै आफ्नी बहिनीलाई एउटा पत्र लेख्नुहोस्।
१५. तपाईं राष्ट्रिय विभूति जस्तै प्रसिद्ध हुन के–के गर्नुपर्ला ? आफ्नो विचार चार बुँदामा लेख्नुहोस्।
१६. नेपालमा सामाजिक समस्या समाधानमा कार्यरत राष्ट्रिय संघ–संस्थाको भूमिकाको समीक्षा गर्नुहोस्।
१७. लोकतान्त्रिक आचरणअन्तर्गत पर्ने कुनै चार ओटा आचरणहरूको सूची बनाउनुहोस्।
१८. ८६° १५' पूर्व देशान्तरमा रहेको काठमाडौंमा अपराह्न ३ बजे हुँदा बेलायतको लन्डनमा कति बज्छ ? गणना गरी लेख्नुहोस्।
१९. नेपाल–चीनबीचको सम्बन्ध उल्लेख गर्दै चीनका राजदूतलाई सोध्नका लागि चार ओटा प्रश्नहरूको सूची तयार पार्नुहोस्।
२०. बसाइँसराइले गन्तव्य स्थलमा पार्ने प्रभावहरू उल्लेख गर्नुहोस्।
समूह ‘ग’
२१. नेपालमा सुशासन कायम गर्न भएका प्रयासहरूको विश्लेषण गर्नुहोस्।
नक्सा सम्बन्धी प्रश्न (कुनै एक मात्र गर्नुहोस्) :
२२. (क) पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरू संकेतमा देखाउनुहोस् :
फेवाताल
मार्तडी
चाड्ला भञ्ज्याङ
चोयु हिमाल
लिखु नदी
अथवा
(ख) अस्ट्रेलिया महादेशको नक्सा बनाई निम्न तथ्यहरू संकेतमा देखाउनुहोस् :
प्रशान्त महासागर
गिब्सन मरुभूमि
क्यानबेरा
ग्रेट डिभाइडिङ रेन्ज
सुन पाइने क्षेत्र
२३. इतिहासको स्रोत भनेको के हो ? उदाहरणसहित लेख्नुहोस्। साथै यी स्रोतहरूको संरक्षण गर्ने विभिन्न उपायहरू उल्लेख गर्नुहोस्।
२४. नेपालको कृषिलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्नका लागि अपनाउनुपर्ने उपायहरू समेटी कृषिमन्त्रीलाई लेखिने पत्रको नमुना तयार पार्नुहोस्।
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
निर्देशन :
सबै प्रश्नहरूको उत्तर दिनुहोस्।
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(प्रत्येक प्रश्नको उत्तर एक वाक्यमा लेख्नुहोस्।)
१. समुदाय भनेको के हो ?
२. विकास र स्रोत–साधनबीच कस्तो सम्बन्ध हुन्छ ? आफ्नो विचार एक वाक्यमा प्रस्तुत गर्नुहोस्।
३. सामाजिक समस्या समाधानमा आमा समूहले खेल्न सक्ने कुनै दुई भूमिका उल्लेख गर्नुहोस्।
४. साइबर अपराध हुन नदिन तपाईंले गर्दै आउनुभएको कुनै एउटा कार्य उल्लेख गर्नुहोस्।
५. कोतपर्वको घटना भएको पूरा मिति लेख्नुहोस्।
६. भीमसेन थापा अंग्रेजका कट्टर विरोधी थिए, किन ? आफ्नो विचार एक बुँदामा दिनुहोस्।
७. उद्यमीमा हुनुपर्ने कुनै दुई गुणहरू उल्लेख गर्नुहोस्।
८. सार्कको लोगो निर्माण गर्ने व्यक्ति को हुन् ?
९. तपाईंलाई स्वरोजगार हुन मन पर्ने कुनै दुई कारण लेख्नुहोस्।
समूह ‘क’
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
१०. नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न विशेष जोड दिनुपर्छ, किन ? आफ्नो धारणा एक वाक्यमा दिनुहोस्।
११. तपाईंले पारिवारिक स्वास्थ्य राम्रो बनाउनका लागि गरिरहनुभएको कुनै एउटा व्यावहारिक अभ्यास उल्लेख गर्नुहोस्।
१२. असल समाज निर्माणमा तपाईंले कस्तो जिम्मेवारी वहन गर्नुपर्छ ? स्पष्ट पार्नुहोस्।
१३. मही पार्ने प्रक्रिया र यसका लागि आवश्यक पर्ने परम्परागत प्रविधिहरू उल्लेख गर्नुहोस्।
१४. समय र देशान्तरबीचको सम्बन्ध देखाउनुहोस्।
समूह ‘ख’
१५. तपाईंले आफ्नो समुदायमा समानुभूति र सहयोगको भावना विकास गर्न के–कस्ता व्यावहारिक अभ्यास गर्नुभएको छ ? लेख्नुहोस्।
१६. “धार्मिक सहिष्णुतासहितको धर्मनिरपेक्षता आजको आवश्यकता हो।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
१७. नेपालमा छिटो–छिटो संविधान परिवर्तन भइरहनुका कुनै चार ओटा कारणहरू उल्लेख गर्नुहोस्।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
१८. विभिन्न प्रयास हुँदाहुँदै पनि हाम्रो समाजमा साइबर अपराधका घटनाहरू दिनप्रतिदिन बढ्दै जानुका कारणहरू के–के हुन् ? आफ्नो धारणा चार बुँदामा स्पष्ट पार्नुहोस्।
१९. नेपालले संयुक्त राष्ट्रसंघको सदस्यको रूपमा निर्वाह गरेका विभिन्न गतिविधिहरू समेटी समाचारको एउटा नमुना तयार पार्नुहोस्।
२०. आन्तरिक बसाइँसराइले नेपालमा पारेका प्रभावहरू उल्लेख गर्नुहोस्।
समूह ‘ग’
२१. नेपालको वर्तमान संविधानमा उल्लेख गरिएका मौलिक अधिकारहरूको सात बुँदामा मूल्याङ्कन गर्नुहोस्।
नक्सा सम्बन्धी प्रश्न (कुनै एक मात्र गर्नुहोस्) :
२२. (क) पृष्ठभरि नेपालको नक्सा निर्माण गरी तल दिइएका तथ्यहरू उपयुक्त संकेतमा देखाउनुहोस् :
गौरीशंकर हिमाल
घोडाघोडी ताल
सुपा देउराली
जनकपुर
दुनै
अथवा
(ख) युरोप महादेशको नक्सा निर्माण गरी निम्न तथ्यहरू उपयुक्त संकेतमा देखाउनुहोस् :
स्टेप्स क्षेत्र
आन्ध महासागर
युराल पहाड
मस्को
राइन नदी
२३. नेपालमा शाक्य वंशको उत्पत्ति कसरी भएको थियो ? नेपालमा यो वंशको इतिहास किन महत्त्वपूर्ण मानिन्छ ? स्पष्ट पार्नुहोस्।
२४. नेपालमा उद्योगको विकासमा देखिएका समस्याहरू र तिनका समाधानका उपायहरू समेटी दुई जनाबीचको संवादको नमुना तयार पार्नुहोस्।
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
निर्देशन :
सबै प्रश्नहरूको उत्तर दिनुहोस्।
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(प्रत्येक प्रश्नको उत्तर एक वाक्यमा लेख्नुहोस्।)
१. आर्थिक आधारमा गरिएको समाजको वर्गीकरण उल्लेख गर्नुहोस्।
२. साक्षरतालाई किन विकासको पूर्वसर्तको रूपमा लिइन्छ ? आफ्नो विचार एक वाक्यमा लेख्नुहोस्।
३. साइबर अपराधका कारण व्यक्तिमा पर्ने कुनै एउटा प्रभाव उल्लेख गर्नुहोस्।
४. सामाजिक समस्या समाधानका लागि तपाईंले निर्वाह गर्न सक्ने एउटा प्रभावकारी भूमिका लेख्नुहोस्।
५. कोतपर्वको समयमा नेपालका राजा को थिए ?
६. कृषिकार्य अन्तर्गत पर्ने कुनै दुई ओटा क्रियाकलाप उल्लेख गर्नुहोस्।
७. अनलाइन मिडियाको एउटा फाइदा लेख्नुहोस्।
८. “ऐतिहासिक स्रोतको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।” आफ्नो विचार एक वाक्यमा लेख्नुहोस्।
९. आजका युवालाई स्वरोजगार हुन अभिप्रेरित गर्ने एउटा नारा तयार पार्नुहोस्।
१०. नेपालले विश्वका धेरै देशहरूसँग असल सम्बन्ध विकास गर्नुपर्छ, किन ? आफ्नो विचार एक बुँदामा लेख्नुहोस्।
११. तपाईं बसोबास गर्ने ठाउँको जनसंख्या व्यवस्थापनका लागि तपाईंले निर्वाह गर्न सक्ने कुनै एउटा भूमिका उल्लेख गर्नुहोस्।
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
समूह ‘ख’
१२. असल समाज निर्माणका लागि विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुन्छ, कसरी ? आफ्ना तर्क चार बुँदामा लेख्नुहोस्।
१३. नेपालमा विकासका पूर्वाधार विकास गर्न के–के गर्नुपर्ला ? चार बुँदामा लेख्नुहोस्।
१४. तपाईंले आफ्नो समाजमा धार्मिक सहिष्णुता कायम गर्न के–कस्ता गतिविधिहरू गर्नुभएको छ ? लेख्नुहोस्।
१५. “शान्ति संस्कृति विकासको लागि अपरिहार्य तत्त्व हो।” यस भनाइलाई आफ्ना चार ओटा तर्कद्वारा पुष्टि गर्नुहोस्।
१६. समुन्नत समाज निर्माण गर्न कस्तो खालको सामाजिक सुधार आवश्यक हुन्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस्।
१७. हाम्रो पारिवारिक दायित्वसम्बन्धी छोटकरीमा लेख्नुहोस्।
१८. नेपालको धरातलीय स्वरूप निर्माण प्रक्रियाबारे चर्चा गर्नुहोस्।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
१९. नेपालको परराष्ट्र नीतिका आधार उल्लेख गर्दै आफ्ना बुबालाई एउटा पत्र लेख्नुहोस्।
२०. बसाइँसराइले उद्गम स्थलमा कस्तो प्रभाव पारेको हुन्छ ? चार बुँदामा लेख्नुहोस्।
२१. “लोकतान्त्रिक आचरणको विकासमा नागरिकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ।” यस भनाइलाई विश्लेषण गर्नुहोस्।
समूह ‘ग’
नक्सा सम्बन्धी प्रश्न (कुनै एक मात्र गर्नुहोस्) :
२२.
(क) पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरू उपयुक्त संकेतमा देखाउनुहोस् :
माईपोखरी
त्रिशूली नदी
मुक्तिनाथ मन्दिर
अपि हिमाल
गौर
अथवा
(ख) पृष्ठभरि एसिया महादेशको नक्सा बनाई निम्न तथ्यहरू संकेतमा देखाउनुहोस् :
हिन्द महासागर
बेरिङ जलडमरूमध्य
गोबी मरुभूमि
भूमध्य रेखा
सगरमाथा हिमाल
२३. इतिहास अध्ययन गर्न प्रयोग हुने कुनै सात ओटा ऐतिहासिक स्रोतहरूको छोटकरीमा व्याख्या गर्नुहोस्।
२४. नेपालमा कृषि क्षेत्रमा देखिएका समस्याहरू र तिनका समाधानका उपायहरू समेटी एउटा प्रवचन (Speech) को नमुना तयार पार्नुहोस्।
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
निर्देशन :
सबै प्रश्नहरूको उत्तर दिनुहोस्।
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(प्रत्येक प्रश्नको उत्तर एक वाक्यमा लेख्नुहोस्।)
१. प्रारम्भिक समाजका कुनै दुई विशेषता लेख्नुहोस्।
२. शिक्षाको विकासविना देशमा विकासको सम्भावना छैन, किन ? आफ्नो विचार एक वाक्यमा प्रस्तुत गर्नुहोस्।
३. साइबर अपराधअन्तर्गत पर्ने कुनै दुई ओटा क्रियाकलाप उल्लेख गर्नुहोस्।
४. सहभोजले सामाजिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ, कसरी ? आफ्नो विचार एक वाक्यमा लेख्नुहोस्।
५. नेपालको एकीकरण अभियानका क्रममा गोर्खालीले कान्तिपुरमाथि आक्रमण गर्दा त्यहाँका राजा को थिए ?
६. तपाईंले नेपाली किसानहरूलाई किन व्यावसायिक कृषिमा संलग्न हुन सल्लाह दिनुहुन्छ ? एक वाक्यमा लेख्नुहोस्।
७. समसामयिक घटना भनेको के हो ?
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
८. नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुको कुनै एक कारण लेख्नुहोस्।
९. सूचना तथा सञ्चार प्रविधिले हाम्रो जनजीवनमा ठूलो प्रभाव पारेको छ, कसरी ? एक वाक्यमा लेख्नुहोस्।
१०. जनसंख्या व्यवस्थापन गर्नका लागि तपाईंले आफ्नो स्थानीय सरकारलाई कुनै एक प्रभावकारी सुझाव दिनुहोस्।
११. “भीमसेन थापाका विचारका कारणले पनि नेपाल–अंग्रेज युद्ध भएको थियो।” यस भनाइलाई कुनै एक तर्कद्वारा पुष्टि गर्नुहोस्।
१२. समाजविना मानिसको जीवनको कल्पना गर्न सकिँदैन, कसरी ? आफ्ना तर्क चार बुँदामा प्रस्तुत गर्नुहोस्।
१३. परम्परागत ज्ञान, सिप र प्रविधिका कुनै चार महत्त्व लेख्नुहोस्।
समूह ‘ख’
१४. सम्पूर्ण धर्मका साझा मान्यताहरू उल्लेख गर्दै विदेशमा बस्ने आफ्ना साथीलाई एउटा चिठी लेख्नुहोस्।
१५. नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुष्पलाल श्रेष्ठ र वी.पी. कोइरालाको योगदानलाई दुई–दुई बुँदामा मूल्याङ्कन गर्नुहोस्।
१६. नागरिकताको प्रमाणपत्र भनेको के हो ? यो नागरिकलाई किन आवश्यक पर्छ ?
१७. अस्ट्रेलिया महादेशमा पाइने वनस्पति र तिनका विशेषताहरू उल्लेख गर्नुहोस्।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
१८. समाजमा विद्यमान सामाजिक समस्या र विकृतिहरू उन्मूलन गर्न हाम्रा मौलिक अभ्यासहरू कसरी प्रभावकारी छन् ? पुष्टि गर्नुहोस्।
१९. संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति सेनामा कार्य गरी फर्किएका कुनै एक सैनिकलाई सोध्नका लागि चार ओटा प्रश्नहरूको नमुना तयार पार्नुहोस्।
२०. उच्च जनसंख्या वृद्धिबाट उत्पन्न हुने समस्याहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस्।
समूह ‘ग’
२१. नेपालको सन्दर्भमा नागरिक समाजको भूमिका कस्तो हुनुपर्छ ? आफ्नो दृष्टिकोण सात बुँदामा प्रस्तुत गर्नुहोस्।
नक्सा सम्बन्धी प्रश्न (कुनै एक मात्र गर्नुहोस्) :
२२. (क) युरोप महादेशको नक्सा निर्माण गरी निम्न तथ्यहरू उपयुक्त संकेतमा देखाउनुहोस् :
भोल्गा नदी
सुमेरु महासागर
जिब्राल्टर जलडमरूमध्य
आल्पस पर्वत
स्टेप्स क्षेत्र
अथवा
(ख) सामान्य आकार मिल्ने नेपालको रेखाचित्र नक्सा तयार गरी उपयुक्त संकेत प्रयोग गरेर निम्न तथ्यहरू देखाउनुहोस् :
मोहना नदी
पुवा खोला जलविद्युत आयोजना
अन्नपूर्ण हिमाल
त्रिवेणी
पासाङल्हामु राजमार्ग
२३. नेपालमा राणा शासनको उदयका लागि राजनीतिक अस्थिरता, कोतपर्व, भण्डारखाल पर्व र अलौ पर्व किन महत्त्वपूर्ण कारण थिए ? विस्तृत रूपमा लेख्नुहोस्।
२४. नेपालमा व्यापारको महत्त्व उल्लेख गर्दै तपाईं र तपाईंको साथीबीचको संवादको नमुना तयार पार्नुहोस्।
नमुना प्रश्नमाला
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
निर्देशन :
सबै प्रश्नहरूको उत्तर दिनुहोस्।
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(प्रत्येक प्रश्नको उत्तर एक वाक्यमा लेख्नुहोस्।)
१. सामूहिक भावना भन्नाले के बुझिन्छ ?
२. हेपाइका कुनै दुई असर उल्लेख गर्नुहोस्।
३. नेपालीहरूको औसत आयु कम हुनुको कुनै एक कारण प्रस्तुत गर्नुहोस्।
४. सुगौली सन्धिमा कहिले हस्ताक्षर भएको थियो ?
५. समाजबाट सामाजिक समस्या उन्मूलन गर्न तपाईंले निर्वाह गर्न सक्ने एउटा भूमिका लेख्नुहोस्।
६. उद्यमीमा हुनुपर्ने कुनै दुई गुण लेख्नुहोस्।
७. “बलभद्र कुँवर धेरै बहादुर थिए।” यस भनाइलाई एक वाक्यमा पुष्टि गर्नुहोस्।
८. UNMIN (अनमिन) भनेको के हो ?
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
९. “नि:शस्त्रीकरणले विश्वमा शान्ति स्थापना गर्न ठूलो भूमिका निर्वाह गर्न सक्छ।” कसरी ? एक वाक्यमा आफ्नो विचार उल्लेख गर्नुहोस्।
१०. नेपालका किसानहरूलाई आधुनिक कृषि प्रणाली लागू गर्न सचेत बनाउने एउटा प्रभावकारी नारा तयार पार्नुहोस्।
११. आफ्नो परिवारको स्वास्थ्य अवस्था राम्रो बनाउन तपाईंले खेल्न सक्ने एउटा भूमिका लेख्नुहोस्।
१२. “व्यक्तिको सर्वाङ्गीण विकासमा समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।” आफ्ना विचार चार बुँदामा लेख्नुहोस्।
१३. स्थानीय ज्ञान, सिप र प्रविधिलाई संरक्षण गर्ने कुनै चार उपाय लेख्नुहोस्।
१४. आफ्ना भाइबहिनीको मानवमूल्य विकासका लागि तपाईंले निर्वाह गर्ने भूमिका चार बुँदामा लेख्नुहोस्।
समूह ‘ख’
१५. राष्ट्रिय एकता, अखण्डता र सामाजिक सहिष्णुता कायम गर्न धार्मिक सहिष्णुताले कसरी महत्त्वपूर्ण योगदान दिन्छ ? चार बुँदामा स्पष्ट पार्नुहोस्।
१६. नेपाल अधिराज्यको संविधान, २०४७ का कुनै चार विशेषता लेख्नुहोस्।
१७. उष्ण सदाबहार वनस्पति र कोणधारी वनस्पतिबीचका कुनै चार भिन्नता उल्लेख गर्नुहोस्।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
१८. तपाईंको विद्यालयमा हेपाइको समस्या हुन सक्छ ? यस्तो समस्या नियन्त्रण गर्न के–के गर्नुपर्छ ? आफ्नो धारणा चार बुँदामा स्पष्ट पार्नुहोस्।
१९. नेपाल र भारतबीचको सम्बन्धको चर्चा गर्दै आफ्ना बुवालाई पत्र लेख्नुहोस्।
२०. पारिवारिक स्वास्थ्य र हेरचाहका कुनै चार महत्त्व लेख्नुहोस्।
২১. “सुशासन लोकतन्त्रको सुन्दर पक्ष हो।” यस भनाइलाई उदाहरणसहित स्पष्ट पार्नुहोस्।
समूह ‘ग’
२२. नेपालको रेखाचित्र नक्सा बनाई उपयुक्त संकेत प्रयोग गरी निम्न तथ्यहरू देखाउनुहोस् :
शैलेश्वरी मन्दिर
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना
टिङ्कर भञ्ज्याङ
जोमसोम विमानस्थल
कन्काई नदी
अथवा
एसिया महादेशको नक्सा निर्माण गरी निम्न तथ्यहरू देखाउनुहोस् :
ह्वाङ हो नदी
बैकाल ताल
लाल सागर
नयाँ दिल्ली
हिन्द महासागर
२३. राणा शासन उदय हुनुका कुनै चार कारणको छोटो व्याख्या गर्नुहोस् र राणा शासन स्थापनापछि नेपालमा परेका कुनै तीन प्रभाव उल्लेख गर्नुहोस्।
२४. नेपालमा उद्योगको महत्त्व उल्लेख गर्दै एउटा पत्रिकाका लागि सम्पादकीयको नमुना तयार पार्नुहोस्।
New Model Question
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
निर्देशन :
सबै प्रश्नहरूको उत्तर दिनुहोस्।
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्
(प्रत्येक प्रश्नको उत्तर एक वाक्यमा लेख्नुहोस्।)
१. समाजलाई किन गतिशील भनिन्छ ?
२. नेपाल स्काउटको स्थापना कहिले भएको थियो ?
३. शिक्षालाई किन विकासको महत्त्वपूर्ण पूर्वाधारको रूपमा लिइन्छ ? आफ्नो विचार एक बुँदामा लेख्नुहोस्।
४. हेपाइ रोक्नको लागि एउटा प्रभावकारी उपाय प्रस्तुत गर्नुहोस्।
५. नेपाल–अंग्रेज युद्धमा सलङ्गा किल्लाको सुरक्षाको जिम्मेवारी कसलाई दिइएको थियो ?
६. आर्थिक योजना भनेको के हो ?
समूह ‘क’
७. अलौ पर्वमा राजा राजेन्द्र किन पराजित भए होलान् ? आफ्नो विचार एक बुँदामा लेख्नुहोस्।
८. श्रमको महत्त्व उजागर गर्ने एउटा प्रभावकारी नारा तयार पार्नुहोस्।
९. जलवायु परिवर्तनबाट पर्ने असर न्यूनीकरण गर्ने एउटा प्रभावकारी उपाय प्रस्तुत गर्नुहोस्।
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्
१०. नेपाल कहिले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य भएको थियो ?
११. बसाइँसराइले उद्गम स्थलमा पार्ने कुनै एउटा असर उल्लेख गर्नुहोस्।
१२. “शान्ति र सुरक्षा समाजका मुख्य तत्त्व हुन्।” पुष्टि गर्नुहोस्।
१३. विकासका लागि दक्ष जनशक्तिका कुनै चार महत्त्व लेख्नुहोस्।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्
१४. मानवमूल्यका कुनै चार महत्त्व उल्लेख गर्दै दुई जना साथीबीचको संवादको नमुना तयार पार्नुहोस्।
१५. “समानुभूति र सहकार्यको भावना हामी सबैमा हुनुपर्छ।” किन ? आफ्ना तर्क चार बुँदामा लेख्नुहोस्।
१६. नेपाल रेडक्रस सोसाइटीले सामाजिक क्षेत्रमा गरेका क्रियाकलापहरूको मूल्याङ्कन गर्नुहोस्।
१७. नागरिकका कुनै चार सामाजिक कर्तव्यको सूची तयार पार्नुहोस्।
१८. विपत्पूर्व अपनाउनुपर्ने कुनै चार पूर्वसावधानी उल्लेख गर्नुहोस्।
१९. युरोपियन युनियनका उद्देश्य समेटी एउटा समाचारको नमुना तयार पार्नुहोस्।
२०. पारिवारिक स्वास्थ्यको महत्त्व उल्लेख गर्नुहोस्।
२१. नेपाल अधिराज्यको संविधान, २०४७ को समीक्षा गर्नुहोस्।
समूह ‘ख’ (नक्सा)
२२. पृष्ठ भरिने गरी नेपालको रेखांकित नक्सा बनाई उपयुक्त संकेत प्रयोग गरी निम्न तथ्यहरू देखाउनुहोस् :
अपि हिमाल
सुरेत
सिद्धार्थ राजमार्ग
गोसाईंकुण्ड
भद्रपुर विमानस्थल
अथवा
अस्ट्रेलिया महादेशको नक्सा बनाई निम्न तथ्यहरू देखाउनुहोस् :
मुर्रे नदी
गिब्सन मरुभूमि
ग्रेट ब्यारियर रिफ
क्यानबेरा
आयर ताल
समूह ‘ग’
२३. राणाकालमा भएका सामाजिक तथा आर्थिक उपलब्धिहरू उल्लेख गर्नुहोस्।
२४. नेपालको कृषिलाई आधुनिकीकरण गर्ने विभिन्न उपायहरू उल्लेख गर्दै एउटा राष्ट्रिय दैनिक पत्रिकाका लागि सम्पादकीयको नमुना तयार पार्नुहोस्।
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
निर्देशन :
सबै प्रश्नहरूको उत्तर दिनुहोस्।
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्
(प्रत्येक उत्तर एक वाक्यमा लेख्नुहोस्)
१. वैज्ञानिक समाजशास्त्रका पिता को हुन् ?
२. स्थानीय स्तरमा सञ्चालित विकासका योजना समयमै सम्पन्न गर्न के गर्नुपर्ला ? कुनै एक सुझाव प्रस्तुत गर्नुहोस्।
३. सामाजिक समस्या समाधानमा आमा समूहले खेल्न सक्ने कुनै दुई भूमिका उल्लेख गर्नुहोस्।
४. हेपाइ विरुद्ध जनचेतना जगाउने एउटा प्रभावकारी नारा तयार पार्नुहोस्।
५. नेपालबाट सती प्रथालाई औपचारिक रूपमा कसले अन्त्य ग¥यो ?
६. उद्योग नीति भनेको के हो ?
७. राणा शासन जनतालाई किन मन परेन ? एक वाक्यमा लेख्नुहोस्।
८. असंलग्नता भनेको के हो ?
तलका प्रश्नहरूको छोटो उत्तर
९. नेपालमा कृषिको व्यवसायीकरण गर्नु आवश्यक छ, किन ? (एक वाक्यमा लेख्नुहोस्)
१०. अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, कसरी ? (एक बुँदामा लेख्नुहोस्)
११. बसाइँसराइलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? कुनै एक सुझाव प्रस्तुत गर्नुहोस्।
समूह ‘ख’
१२. असल समाज निर्माण गर्न हामी सबैको साझा दायित्व हो, किन ? आफ्ना तर्क चार बुँदामा प्रस्तुत गर्नुहोस्।
१३. तपाईंले आफ्नो परिवारमा के कस्ता मानव मूल्य सिकाउनुभएको छ ? लेख्नुहोस्।
१४. स्थानीय ज्ञान, सिप र प्रविधिको महत्त्व उजागर गर्दै राष्ट्रिय दैनिक पत्रिकाका लागि समाचारको नमुना तयार पार्नुहोस्।
१५. नेपाली कलाको आवश्यकता र महत्त्वका विषयमा एउटा प्रवचनको नमुना तयार पार्नुहोस्।
१६. वनस्पति र मानवबीचको सम्बन्ध उल्लेख गर्नुहोस्।
१७. नेपालमा सामाजिक समस्या समाधानमा राष्ट्रिय संघसंस्थाको योगदानको समीक्षा गर्नुहोस्।
१८. राष्ट्रिय परिचयपत्र भनेको के हो ? यसका विशेषता उल्लेख गर्नुहोस्।
तलका प्रश्नहरूको लामो उत्तर
१९. जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उपायहरू उल्लेख गर्दै सम्पादकीयको नमुना तयार पार्नुहोस्।
२०. जनसङ्ख्या व्यवस्थापनका कुनै चार प्रत्यक्ष उपायहरू उल्लेख गर्नुहोस्।
समूह ‘ग’
२१. नेपालको वर्तमान संविधानमा उल्लिखित नागरिक कर्तव्यको समीक्षा गर्नुहोस्।
२२. पृष्ठ भरिने गरी नेपालको रेखाङ्कित नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त संकेत प्रयोग गरेर देखाउनुहोस् :
टिङ्कर भञ्ज्याङ
त्रिशूली नदी
वीरगञ्ज
कञ्चनजङ्घा हिमाल
कोसी टप्पु वन्यजन्तु आरक्ष
अथवा
युरोप महादेशको नक्सा बनाई निम्न तथ्यहरू देखाउनुहोस् :
भोल्गा नदी
एलब्रस पहाड
काल सागर
ओस्लो
हिउँदमा वर्षा हुने क्षेत्र
२३. इतिहास अध्ययन गर्नको लागि आवश्यक पर्ने कुनै सात ऐतिहासिक स्रोतको वर्णन गर्नुहोस्।
२४. यदि तपाईं नेपालको कृषिमन्त्री भएको भए, कृषिलाई व्यवसायीकरण गर्न के–के गर्नुहुन्थ्यो ? लेख्नुहोस्।
Comments
Post a Comment